कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर ‘१२.१२’ सार्वजनिक

५ श्रावण २०८०, शुक्रबार १७:१५

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ ।

बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकका अनुसार आवासीय घर निर्माणका लागि कर्जा लिँदा अधिकतम ३० वर्षका लागि डेढ करोड सीमाभित्र रहने गरी धितो मूल्यांकितत रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्यांकित रकमको ८० प्रतिशतसम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलव्ध हुने बैंकले जनाएको छ।

यसैगरी विद्युतीय सवारीसाधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए।

दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पूर्ण कागजात पेस गरेको ३ दिनभित्रै स्वीकृत गरिसक्नेछ। कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरुप आफ्ना ग्राहकको माग पूरा गर्नसमेत आफ्ना देशव्यापी शाखाबाट सहज रुपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ।

कामना सेवा विकास बैंकले देशव्यापी १३५ वटा सञ्जालमार्फत ग्राहकलाई यो सेवा प्रदान गर्नेछ। यसका साथै समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*