यो साता बैंकिङ्ग क्षेत्रमा देखिएन उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च (एलटीपीसहित)

५ श्रावण २०८०, शुक्रबार १८:२९

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.२६ प्रतिशत अर्थात १.२५ अंकले बढेर १३१४.७४ को बिन्दुमा कायम भएको छ ।

साता कारोबार शेयर बजारमा बैंकिङ्ग उपसूचक सर्बाधिक बढेसँगै कारोबारमा आएका १८ वाणिज्य बैंकमध्ये ८ बैंकहरुको शेयरमूल्य बढेको छ र १० बैंकहरुको शेयरमूल्य घटेको छ ।

वाणिज्य बैंकहरुमध्ये यो साता कारोबारको अन्तिम दिनसम्ममा एभरेष्ट बैंकको सबैभन्दा बढी रुपैपयाँमा कारोबार भएको छ । बैंकको यो साताको अन्तिम कारोबार ८२१ रुपैयाँमा भएको छ त्यस्तै, एनआईसी एशिया बैंकको ८११ रुपैयाँ, नबिल बैंकको ६२४ रुपैयाँ, स्ट्याण्डर्ड चार्टट बैंकको ६२४ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३६४ रुपैयाँमा शेयर किनबेच भएको छ ।

त्यस्तै प्रभु बैंकको १७७ रुपैयाँ, कुमारी बैंकको १७८ रुपैयाँ, सिटिजन्स बैंकको १८९ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*