साधना लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
७ श्रावण २०८०, आईतवार १०:५८

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई संस्थाको केन्द्रिय कार्यालय, गोरखामा आवेदन दिन सक्नेछन् ।
तोकिएको समयपछि संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ ।