नेपाल राष्ट्र बैंकको आवासीय कर्जाको सीमा बढ्यो

७ श्रावण २०८०, आईतवार १३:५२

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो ।

उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्‍याएको हो । यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको थियो।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*