राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घटायो ब्याज

७ श्रावण २०८०, आईतवार १४:१६

काठमाडौं । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ ।

राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याज घटाएको हो ।

जसमा आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएकोछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*