राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने

७ श्रावण २०८०, आईतवार १४:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने भएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ को मौन्द्रिक नीति सार्वजनिक गर्दै २०८१ असार मसान्तसम्म लघुवित्तको संख्या घटाउने र समस्या समाधान गर्ने बताएको छ ।

केन्द्रिय बैकले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुबिधाहरु उपलब्ध हुनेगरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ ।

बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र सुुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यन्वयन गर्ने भएको छ ।

 

2 thoughts on “राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने

  1. Shanti saud says:

    Thanks you for information sir
    एउटै मा मर्ज गराएर ladhubitta कम गराउँदा मेम्बर लाई ऋण कारोबार गर्न सजिलो हुन्छ र राम्रो संग कारोबार गर्ने मेम्बर लाई ऋण को व्यवस्था पनि एउटै ले अलि धेरै रकम गरेपछि 2/4बाट ऋण लिन पर्दैन र
    एउटै मा राम्रो संग कारोबार गर्न सहज रहनेछ

  2. Ruplal mahato says:

    Thulo thulo lagghibit bittiya sanstha lai bikash bank ma jodnu paryo.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*