बैंकहरुको बैंकदर यथावत्, नीतिगत दर घट्यो

७ श्रावण २०८०, आईतवार १४:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७।५ प्रतिशतमा यथावत् राखिएको छ। नितिगत दर भने घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदरलाई प्रतिशतमा यथावत् र नितिदरलार्य घटाएको छ।

आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६।५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकदरलाई ७।५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५।५ प्रतिशतबाट घटाएर ४।५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*