बाणिज्य बैंकहरुलाई थप कडा निगरानीमा राख्ने राष्ट्र बैंकको निर्णय, लाभांश वितरणमा थप कडाई

७ श्रावण २०८०, आईतवार १४:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले नेपालका बाणिज्य बैंकहरुमाथि नियामक नेपाल राष्ट्र बैंकको थप कडा निगरानीमा पर्ने भएका छन् । जथाभावी रुपमा बैंक चलाएको र दुई चार अर्ब रुपैयाँ लगानी गरेर जनताको खर्बौ रुपैयाँ दोहन गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै गर्दा केन्द्रीय बैंकले बाणिज्य बैंकहरुलाई थप निगरानीमा राख्ने व्यवस्था मौद्रिक नीतिमा गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको बुँदा नं ९६ मा राष्ट्रियस्तरका बाणिज्य बैंकहरुले समेत पूणर् रुपमा क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजिकोष अनुपात कायम गर्नुपर्ने उल्लखे छ । नयाँ व्यवस्था अनुसार नेपालमा केही बैंकहरुले यस वर्ष पनि लाभांश वितरण गर्न पाउने छैनन् । एड्युकेसी फ्रेमवर्क अनुसार यस्तो अनुपात ११.५ भन्दा माथि हुनुपर्नेछ । नेपालमा केही बैंकहरुको एड्युकेसी रेसियो तोकिएभन्दा तल भएका कारण मुनाफा वितरण गर्न पाएका छैनन् ।

त्यस्तै, बाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनः मूल्याङ्कन गरिने तथा आन्तरिक कर्जा जोखिम बर्गीकरण गर्ने सम्बन्धी नयाँ मार्गदर्शन बनाउने निणर्यले बैंकहरुमाथि थप दवाव बढ्नेछ ।

उल्लेखित कारणहरुबाट नेपालका ठूला बैंकहरुले यस वर्ष पनि मुनाफा साँघुरिने तथा थप दवावमा पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*