निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुका लागि प्यान अनिवार्य निति लागू गर्दै राष्ट्र बैंक

७ श्रावण २०८०, आईतवार १४:५९

काठमाडौं। राष्ट्र बैंकले निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लागू गनुपर्ने व्यवस्था लागू गर्न लागेको छ।यसअघि अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लागू गर्ने भनेपनि पूर्ण रुपमा भने लागू गर्न सकेको थिएन् ।

राष्ट्र बैंकले वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गर्ने भएको हो ।आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले जारी गरेको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गर्ने आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*