शेयर बजार उच्च अंकले बढ्यो, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

७ श्रावण २०८०, आईतवार १५:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार प्रभावित भएको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ ।

आईतबार शेयर बजार बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन प्रालि लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*