मौद्रिक नीतिको सकारात्मक संकेतपछि पछि नेप्से ६३अंकले बढ्यो, बैंकिङ् र ट्रेडिङ क्षेत्रको उपसूचकमा उछाल

७ श्रावण २०८०, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि चार अर्ब नाघेको छ । मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल आएको छ ।

आइतबार नेप्से सूचकांक ६३।२४ अंकले बढेर २ हजार २२७।१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३७ करोड ५१ लाख ९६ हजारको कारोबार भएको छ ।नेप्से उच्च अंकले बढेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बैंकिङ उपसूचक र विकास बैंक सूचांक क्रमशः ४।९८ र ४।७८ प्रतिशतले बढेको छ ।
त्यस्तै ट्रेडिङ उपसूचक ४।१० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट उपसूचक र होटल तथा पर्यटन उपसूचक क्रमशः ३।४६ र ३।०५ प्रतिशतले बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*