नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यी शाखा कार्यालयहरु बन्द हुने (सूचनासहित)

७ श्रावण २०८०, आईतवार १५:३३

काठमाडौैं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेड मर्ज भई गत साल पौष २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कार्य भइरहेकोमा साविकमा दुबै बैंकको एकै स्थानमा रहेका शाखा कार्यालयहरु पनि मर्जर प्रकियाका लागि बन्द हुने भएका छन् ।

शाखा कार्यालय आपसमा गाभ्नको लागि नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते अन्तिम स्वीकृति पाएकोमा तपशिलमा उल्लेखित शाखा कार्यालयहरु उल्लेखित मितिदेखि बन्द हुने अर्थात गाभिने भएको छ ।

सेफ डिमोजिट लकर सुविधा रहेका गाभिने शाखा कार्यालयहरुबाट सेफ डिपोजिट लकर सुविधा उपभोग गरिरहेका ग्राहकले हाललाई अर्काे सूचना नआएसम्मका लागि साविकको स्थानबाटै लकर सुविधा उपभोग गर्न सक्ने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*