सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्यो आर्थिक सहयोग

७ श्रावण २०८०, आईतवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । बैंकले आज  महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ ।

महिला आदर्श सेवा केन्द्र नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका हुन् । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रका अध्यक्ष श्रीमती निरु श्रेष्ठले आफ्नो बिचार राखेका थिए ।

बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।

 

One thought on “सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्यो आर्थिक सहयोग

  1. Nabin kaji bajracharya says:

    Good job sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*