महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट साहित्यकार गोविन्दराज भट्टराई सम्मानित

८ श्रावण २०८०, सोमबार ११:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले वार्षिक रुपमा प्रदान गर्दै आइरहेको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ ले प्रा.डा गोविन्दराज भट्टराईलाई सम्मानित गरेको हो ।

बैंकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी उक्त पुरस्कार बाढ्दै आएको छ । सो बैंकका बागमती प्रदेश ख का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजारको उक्त पुरस्कार भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रलाई उजागर गरेकामा बैंकले सम्मानस्वरुप उक्त राशिको पुरस्कार हस्तान्तरण गरेको हो ।
पुरस्कारबाट सम्मानित भट्टराईले बैंकले साहित्यिक पुरस्कारको ब्यवस्था गरेकोमा गर्व महसुस भएको बताए । साथै उनले जीवनमा कम्तिमा पनि एउटा कृति प्रकाशन गर्नुपर्ने विचार समेत ब्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*