एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति बिक्री गर्दै, यसरी दिनुस् आवेदन
८ श्रावण २०८०, सोमबार १४:२५

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।
बैंकबाट कर्जा सुविधा उपभोग गरी उक्त सुविधाभोग बापतको बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज आदि नबुझाएपछि बैंकले कर्जा असुली गर्नका लागि ऋणीको धितोमा रहेको उल्लेखित सम्पत्तिहरु लिलाम बिक्री गर्न लागेको हो ।
उक्त चलअचल सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरी बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।