अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढीरहेको बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो बनाएको छ: अध्यक्ष सुनील केसी

८ श्रावण २०८०, सोमबार १८:३९

काठमाडौं । नेपाल बैंकर्स संघले हिजो सार्वजनिक गरेका मौद्रिक नीति सम्रग बैंक वित्तिय संस्थाको लागि सन्तोषजनक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अन्योलता कायम रहकै समयमा राष्ट्र बैंकले यस प्रकार मौद्रिक नीति ल्याउनु स्वागतयोग्य भएको नेपाल बैंकर्स सघका अध्यक्ष सुनील केसीले बताएका हुन्।

अन्तराष्ट्रिय बजारमा ब्याजदर बढाउने तयारी गरिरहेको बेलामा राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएर बैंकको बिषयमा केही खुकलो बाटो व्यवस्था गरिदिएको देखिन्छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ५६० अर्ब कर्जा प्रवाहको नीति लिएपनी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले बताए। गत वर्ष २ खर्ब, अघिल्लो वर्ष ४ खर्ब मात्रै कर्जा प्रवाह भएको भन्दै चालू आर्थिक वर्ष ५६० अर्ब प्रवाह हुने भन्नू आफैंमा ठूलो लक्ष्य भएको उनले बताए।

‘कतिपय बैंकहरूमा पुँजीको चाप भइरहँदा मौद्रिक नीतिले बोलेको छैन,ु उनले भने, ुकर्जा वृद्धि लक्ष्य पूरा गर्नकै लागि पनि पुँजीमा सहजता आवश्यक छ। राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं।’

राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको समेत व्यवसाय बढ्ने उनको अनुमान छ । साथै, मौद्रिक नीतिको बैंकिङ कसुर ऐन संसोधन गर्ने घोषणाले बैंकरहरूको आत्मविश्वास बढेको उनले बताए। समग्रमा राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको एनबिएको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*