एनआईसी एसिया बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन सक्ने

९ श्रावण २०८०, मंगलवार १०:०२

काठमाण्डौ । एनआईसी एसिया बैंकले ४ लाख कित्ता शेयर आज साउन ९ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बिक्रीमा ल्याएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

बैंकले बिक्रीमा ल्याएको शेयरमा यही साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। खरिद आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*