सानिमा बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

९ श्रावण २०८०, मंगलवार १०:१४

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर लिलामी मार्फपत बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्। बैंकले बिक्रीमा ल्याएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

यो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको काठमाण्डौको नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ ।

तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्था सेयर बिक्री खुला गरिने बैंकले जनाएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*