छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

९ श्रावण २०८०, मंगलवार १०:४६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेकोमा अन्य व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गर्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*