लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालले लिए पद तथा गोपनियताको सपथ
९ श्रावण २०८०, मंगलवार ११:५९

काठमाडौं । लक्ष्मी सनराईज बैंकको सञ्चालक समितिका अध्यक्ष रमन नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
साविकको लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन भएका हुन् ।
साविकको लक्ष्मी बैंक र सनराइज बैंकले (असार २९ गते) देखि ‘लक्ष्मी सनराइज बैंक’ नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका गरेका थिए ।