रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ
९ श्रावण २०८०, मंगलवार १४:२६

काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा निर्वाचित भएका कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । मल्ली उक्त कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकबाट अध्यक्षमा निर्वाचित भएका थिए ।