नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित

९ श्रावण २०८०, मंगलवार २०:२१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्डबाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो ।

यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*