रिलायन्स फाइनान्सको सिईओमा समाज प्रकाश श्रेष्ठ नियुक्त
१० श्रावण २०८०, बुधबार १०:३१

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा समाज प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक सकितिको बैठकले श्रेष्ठलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु सीईओका रुपमा कार्यरत थिए।