लाभांश प्रस्तावसहित समाज लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

१० श्रावण २०८०, बुधबार १०:५७

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बेलुका बसेको संचालक समितिको बैंठकले साधारणसभा साउन ३१ गते जानकी फेमली होटल, मंलगवा, सर्लाहीमा बस्ने निर्णय गरेको हो ।

सभाले संस्थाको आर्थिक वर्ष २०७८।०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ करोडको ०.७५ प्रतिशतले हुने आउने नगद लाभंश (बोनस शेयर बापतको कर प्रयोजनका लागी मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभाले सञ्चालक समितीको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७८।०७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी निर्णय पारित गर्ने, बाह्य लेखा परिक्षकले तयार पारेको लेखा परीक्षण प्रतिवेदन सहित २०७९ अषाढ मसान्तको बासलात तथा आर्थिक वर्ष २०७८।०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सोहि अवधिको वित्तीय विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव गर्ने छ ।

त्यस्तै, सभाले लेखापरिक्षण समितिबाट सिफारिस भए बमोजीम आर्थिक वर्ष २०७९।८० को लेखा परिक्षण गर्न लेखा परीक्षकको नियुक्ति एवमं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि साउन २१ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*