मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तमा सञ्चालक गीता कुमारी गिरीको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

१० श्रावण २०८०, बुधबार १३:०२

काठमाडौं । मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सबैभन्दा बढी सञ्चालक गीता कुमारी योगी गिरीको रहेको छ । कम्पनीमा उनको १.२५ प्रतिशतले हुन आउने २० हजार कित्ता संस्थापक शेयर रहेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष विर बहादुर अधिकारीको ८ हजार ४६० कित्ता शेयर लगानी रहेको छ । यसका साथै, सञ्चालक अर्जुन श्रेष्ठको ५ हजार ६४० कित्ता, शुुषमा गौतमको ५ हजार कित्ता, सञ्चालक श्रीकृष्ण तिवारीको १५० र मनिष अर्यालको १९४ कित्ता शेयर रहेको छ ।

यसका साथै, कम्पनीका सिईओ विमला योगिकोे ५ हजार ५ सय कित्ता शेयर रहेको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यको १८४ कित्ता, वरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्माको ५ हजार कित्त, मुख्य व्यवस्थापक पवन योगिको ११ हजार कित्ता लगायत अन्य कर्मचारीहरुको पनि शेयर रहेको छ ।

संस्थाले आफ्नो चौथौं वार्षिक साधारण सभा असार ४ गते रुपन्देहीमा सम्पन्न गरेको थियो । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*