जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

१० श्रावण २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार आज सामान्य अंकले घटेसँगै मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ६.४९ प्रतिशत अर्थात १०३ रुपैयाँले घटेर १४८९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड १, सिर्जनशील लघुवित्त, पिपल्स पावर कम्पनी लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*