जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

११ श्रावण २०८०, बिहीबार ११:३०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले करारमा चार्टड एकाउन्टेन्ट्स र प्राविधिक (पशु) पदमा २ जना योग्य कर्मचारी माग गरेको छ ।

चार्टड एकाउन्टेन्ट्समा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्ट्सबाट सेमी क्वालिफाइड सीए अध्ययन वा उतिर्ण गरेको र बैंक तथा वित्तीय संस्था र एकाउण्टिङको कार्य अनुभव भएको व्यक्तीले आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

त्यस्तै प्राविधिक (पशु)मा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट बी.एस सी एग्रिकल्चर (भेटेनेरी) उतिर्ण गरेको तथा पशु प्राविधिकको रुपमा कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सकिने छ ।

उमेरको हकबन्दी भने १८ पुरा भई ४५ वर्ष ननाघेको र महिलाको हकमा भने ५ वर्ष थप हुने संस्थाले उल्लेख गरेको छ ।
योग्य तथा आवेदन दिन इच्छुक जो कोहीले उक्त संस्थाको केन्द्रीय कार्यालय कटहरी मोरङबाट या अनलाईनबाट पनि आवेदन फाराम लिई आवश्यक कागजात सहित साउन २४ गनेभित्र सोही स्थानमा फाराम पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

तलब सुविधा आपसी समझदारीमा हुने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*