सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्न बनायो समिति

११ श्रावण २०८०, बिहीबार १८:२८

काठमाडौं । सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्त समिति बनाएको छ । आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ताका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । अर्थमन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहने अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।

समितिले लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपालसँग वार्ता गरी समाधान सिफारिस गर्ने कार्यादेश पाएको छ । साउन २८ देखि समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित कुलसुम खातुन, नुजा राई, नन्दकला कामीलगायत आमरण अनसनमा बसेपछि देशभरका प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि काठमाडौं आएर दिनहुँ प्रदर्शन, धर्ना तथा विरोध गरिरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*