साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

११ श्रावण २०८०, बिहीबार १८:३९

काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ।

लघुवित्तको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रिया पूरा गरी गत असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*