साना किसान लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त
१२ श्रावण २०८०, शुक्रबार १०:२१

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराईज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
कम्पनी संचालक समितिको असार २४ गतेको निर्णय अनुसार सनराईज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
साविकको साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त आपसमा मर्ज भई साना किसान लघुवित्त बनेको हो ।