ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, जो कोहीले दिन पाउने आवेदन

१२ श्रावण २०८०, शुक्रबार ११:०१

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीकोे नाममा रहेको संस्थापक शेयर अन्य व्यक्ती, कम्पनी वा संस्थालाई बिक्री गर्ने भएको छ ।

बैंकमा हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गर्ने इच्छा प्रकट नगरेपछि बैंकले सो शेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो ।

सो शेयर खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा निवेदन गर्न बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*