सानिमा बैंकको नयाँ एटीएम धादिङको ताल्तीमा

काठमाडौं । रोराङ गाउँपालिका, धादिङका स्थानीयबासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा हाउछिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरेको छ ।
उक्त एटीएम बुथ एक समारोहकाबीच बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छिङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा उद्घाटन भएको छ ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा जेनेरल मेनेजरले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकामा बैंकलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उक्त एटीएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकी छिन ।
साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी दिएकी छिन् । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।