एनआईसी एशिया बैंकले एकसाथ ५४ ठाँउको जग्गा बिक्री गर्दै, कहाँ दिने खरिद आवेदन ?

१२ श्रावण २०८०, शुक्रबार ११:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ५४ ठाँउको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै लिलामी प्रक्रिया मार्फत सो गैर बैंकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो ।

बैंकले सूनसरी, महोत्तरी, रौतहट, भक्तपुर, झापा, बारा, मकवानपुर, कैलाली, मोरङ लगायत अन्य ठाँउको घर जग्गा बिक्रीमा ल्याएको छ । बैंकका अनुसार बिक्रीमा ल्याएको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको छ ।

सो गैर बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आवेदन पेश गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*