राष्ट्र बैंकको छुटले बैंकहरुलाई राहत, बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित

रिना खत्री
१२ श्रावण २०८०, शुक्रबार १२:३५

काठमाडौं । ।राष्ट्र बैंकले साउन १५ गतेसम्मलाई ऋण उठाउन सहुलियत दिएपछि बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित भएका छन्।असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रूपैयाँ ऋण लगानी रहेकोमा अहिले घटेर ४८ खर्ब ५० अर्बमा आइपुगेको छ।साउन १५ सम्म किस्ता र ब्याज तिर्ने ऋणीहरुलाई जरिवना नलाग्ने व्यवस्था गरेसँगै बैकहरु पनि ऋण उठाउनमा केन्द्रित भएका हुन्।

पछिल्लो १० दिनमा बैंकहरुले २९ अर्ब ऋण उठाएका छन्। यता लगातार घटेको निक्षेप फेरी बढ्न थालेको छ।बैंक, वित्तीय संस्थामा निक्षेप ५ अर्ब रुपैयाँले बढेर ५६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। कर्जा भने ४ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ। बैंकहरूको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ८३. २१ प्रतिशत कायम भएको छ।

बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ। यो प्रावधानअनुसार वाणिज्य बैंंकहरूसँग ३ खर्ब ८१ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ।गत असार ३१ सम्म सीडी रेसियो घटेर ८१.६१ प्रतिशतमा रहेकोमा बढेर ८३.२१ प्रतिशत पुगेको छ। यता अन्तरबैंक ब्याजदर असार ३१ सम्म ०.४४ प्रतिशत रहेकोमा बढेर ६.२० प्रतिशत पुगेको छ।

गत वर्षको साउनमा सीडी रेसियो ८८.०७ प्रतिशत पुगेको थियो। आधा दर्जन बैैंकहरुले सीडी रेसियो ९० भन्दा माथि पुगेर जरिवानमै परेका थिए। तर यो वर्ष भने सहज स्थितीमा आइपुगेको छ। स्थानीय तहको ८५ प्रतिशतसम्मको निक्षेपमा गणना भएको रकम नेपाल राष्ट्र बैंकले तानेपछि बैंकहरूमा निक्षेप घटेको छ।स्थानीय तहको ८५ प्रतिशतसम्मको निक्षेप असार मसान्तसम्म मात्रै गणना गर्न दिएको थियो। बैंकहरूमा निक्षेप थुप्रिएको भन्दा गणना गर्न नदिएपछि निक्षेप घटेको छ।

त्यस्तै, ,बैंकहरूको थप कर्जा विस्तार क्षमता पौने तीन खर्ब रुपैयाँ नाघेको छ । बैंकहरूको निक्षेप वृद्धि भए पनि कर्जा विस्तार हुन नसक्दा लगानीयोग्य रकम बढेको हो ।बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव २१ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यो प्रावधानअनुसार वाणिज्य बैंकहरूसँग ३ खर्ब ८१ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।

गत आर्थिक वर्ष (आव) को अन्तिम दिन सीडी रेसियो ८१ प्रतिशतसम्म झरेको थियो । त्यसअनुसार बैंकहरूसँग ५ खर्ब रुपैयाँसम्म कर्जा विस्तारको क्षमता थियो ।
तर, बैंकहरूले स्थानीय तहको सञ्चित कोषबाट निक्षेपमा गणना गर्न पाउने सुविधा हटेपछि निक्षेप रकम घटेको हो । गत आवको अन्तिम दिन ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले घटेको हो ।

बैंक वित्तीय संस्थामा तरलता अभावसँगै सरकारले गतवर्ष स्थानीय तहको सञ्चितपैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । बैंकमा तरलता उच्च भएपछि चालू आवदेखि उक्त सुविधा कटौती भएको हो ।

बैंकहरूलाई दिइएका सुविधा सकिएपछि एकैपटक निक्षेप उच्च अंकले घट्दा अन्तरबैंक ब्याजदर पनि उच्च कायम हुँदै आएको छ । मंगलवार अन्तरबैंक ब्याजदर ६ दशमलव २ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । तरलता खिच्दासमेत सीमाभित्र आउन सकेको थिएन ।

गत आर्थिक वर्षको अन्तिममा अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेको थियो । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा कम भएपछि बैंकले रिभर्स रिपो तथा राष्ट्र निक्षेप संकलन उपकरणबाट
क वर्गका बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघका अध्यक्ष सनिल केसी बैंकमा निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नभएकाले केही महीनायता लगातार तरलता (लगानीयोग्य रकम) उच्च रहेको बताउँछन् । उच्च ब्याजदरका कारण बजारमा कर्जाको माग नभएकाले बैंकमा तरलता थुप्रिएको उनको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*