आवासीय कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था (सूचनासहित)

१२ श्रावण २०८०, शुक्रबार १४:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशीका जारी गरेको छ । जसमा केन्द्रिय बैंकले व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले आप सार्वजनिक गरेको एकीकृत निर्देशीका मार्फत आवासीय कर्जाको सीमा ५० लाख रुपैयाँले बढाएको हो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो । यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।

२ करोड सम्मका व्यक्तिगत आवासीय घर कर्जा भन्नाले बैंक, वित्तीय संस्थाले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी उक्त ग्राहकले आफै प्रयोग गर्ने वा भाडामा लगाउने गरी घर निर्माण, घर,अपार्टमेन्ट खरिदको लागि प्रवाह गरेको आवासीय घर कर्जाको वक्यौता रकमलाई सम्झनु पर्ने बैंकले जनाएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको जारी निर्देशिकामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*