बैंकहरुले ऋणीलाई कर्जा प्रवाह गर्दा सपष्ट रुपमा ब्याजदर खुलाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन
१२ श्रावण २०८०, शुक्रबार १४:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ ।
केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार अव कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदरको निर्धारण स्पस्ट रुपले तोक्नुपर्ने ब्यवस्था गरेको छ ।कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजरदर निर्धारण गर्दा आधारदरमा २ प्रतिशतले मात्र प्रिमियम थप गर्न पाउने जारी निर्देशीकामा रहेको छ ।
यस भन्दा अगाडी कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाईने व्यवस्था गरेको थिएन ।