लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)

१२ श्रावण २०८०, शुक्रबार १६:४७

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले घटेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन शेयरबजार २९ अंकले घटेर २१२६ को विन्दुमा कायम भएको छ । बजारमा गिरावट आएसँगै सबै उपसूचक राताम्मे भएका छन् । बिहीबार बैंकिङ्ग उपसूचक ०।९९ प्रतिशतले घटेको छ ।

बिहीबार बैंकिङ उपसूचकमा कारोबार भएका १८ वटै कम्पनीको शेयरमूल्य घटेको छ । सिद्धार्थ बैंकको शेयरमूल्यमा सर्वाधिक १।९७ प्रतिशतको गिरावट आएको छ । भने सर्वाधिक कम एभरेष्ट बैंकको ०।१५ प्रतिशतले घटेको छ ।
सोही दिन एनआईसी एशिया बैंकको शेयर कारोबार सर्वाधिक ७८४ रुपैयाँमा भएको छ भने सर्वाधिक कम कुमारी बैंकको १७५ रुपैयाँमा शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*