स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त

१४ श्रावण २०८०, आईतवार ११:२६

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा–८ मा रहेको छ। स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्तको सेयरहरु सार्वजनिक निष्कासनका माध्यमबाट सर्वसाधारणमा निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*