लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा

१५ श्रावण २०८०, सोमबार ११:०२

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा  योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् ।

कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेका लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९।५ प्रतिशत नगद लाभांश ९करसहित_ र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरिएको छ।

लक्ष्मी क्यापिटलको आइतबार (साउन १४ गते) बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*