कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

१५ श्रावण २०८०, सोमबार ११:५१

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी डिल बहादुर वंशी मगरको नाममा रहेको शेयर बैंकले बिक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक शेयरधनीलाई यस अघि नै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । सो समयमा कुनै पनि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको आवेदन नपरेको भएर अन्य व्यत्तिल तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरु लगायत अन्य जोकोहीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रिार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

साथै संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तीलाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*