लक्ष्मी सनराइज बैंकले देशका विभिन्न स्थानको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने, कसरी दिने खरिद आवेदन ?

१५ श्रावण २०८०, सोमबार १२:५५

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भोजपुर र धनकुटाको विभिन्न स्थानमा रहेको जग्गा लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै देशको विभिन्न स्थानमा रहेको गैर बैंकिङ्ग सम्पत्ति लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने जानकारी दिएको हो ।

सूचनामा उल्लेखित भोजपुर तथा धनकुटाको विभिन्न स्थानमा अवस्थित घरजग्गा खरिद गर्न इच्छुक जोकोहीले सूचना प्रकाशित मिति (साउन १५) ले १५ दिनभित्र बैंकको शर्त तथा नियमको अधिनमा रही गोेप्य शिलबन्दी बोलपत्र फाराम भरी आवश्यक कागजात सहित बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*