हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि मुनाफा घट्यो,प्रतिशेयर आम्दानी कती ?

१६ श्रावण २०८०, मंगलवार ०७:१६

हिमालयन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८।५० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४।५२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९।०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६।३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९।०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १।४७ प्रतिशतबाट २।३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६।७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९।३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५।०८ प्रतिशत बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*