कुमारी बैंकको ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
१६ श्रावण २०८०, मंगलवार ११:११

काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनी प्रेम बहादुर भण्डारीको नाममा रहेको ३४ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (साउन १६) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
साथै, शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।