समाज लघुवित्तको बार्षिक साधारणसभा साउन ३१ गते, बुक क्लोज कहिले ?

१६ श्रावण २०८०, मंगलवार १४:०५

काठमाडौं। । समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा डाकेको हो ।

सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४।२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०।७५५ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ ।

जसका कारण साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यद्यपि, साउन १९ गते शुक्रबार र २० गते शनिबार हो । यी दुई दिन सेयर कारोबार हुँदैन । तसर्थ, लाभांश हात पार्न लगानीकर्ताले साउन १८ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*