सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढ्यो, अन्य कुनले कति कमाए ?

१६ श्रावण २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन ५ अंकले बढेको शेयर बजार आज चाँही २८.५९ को अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतनपनि सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको शेयरमूल्य २.५५ प्रतिशत अर्थात प्रतिकित्ता ९ रुपैयाँले बढेर ३९० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, बिओकेको डिभेन्चर लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*