मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१६ श्रावण २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन ५ अंकले बढेको शेयर बजार आज चाँही २८.५९ को अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेसँगै प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको २.६८ प्रतिशतले घटेर ६९० रुपैयाँमा शेयर कारोबार भएको छ ।

त्यस्तै, गुडविल फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, शिवम् सिमेन्ट लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*