सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच छूट सम्झौता

१६ श्रावण २०८०, मंगलवार १७:५२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडास्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५% र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० %सम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*