माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

१७ श्रावण २०८०, बुधबार ०९:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको अघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँमा सीमित रहेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेसँगै बैंकको लाभांश क्षमता पनि बढ्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*