नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध, यस्तो छ कारण
१७ श्रावण २०८०, बुधबार १०:४६

काठमाडौं । नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फोन लोन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण सो सेवा अवरुद्ध गरेको जनाएको छ । साथै, बैंकले नबिल फोनलोन बाहेकका अन्य सम्पूर्ण सेवाहरु यथावत रुपमा संचालन हुने ब्यहोरा जानकारी गरेको छ ।