प्राइम कमर्सियल बैंकको कामु सिईओमा संजीब मानन्धरलाई नियुक्त

१७ श्रावण २०८०, बुधबार ११:०४

काठमाडौं । प्राइम कमर्सियल बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धरलाई नियुक्त गरेको छ ।

बैंकका सिईओ नारायणदास मानन्धरको साउन १६ गते कार्यकाल समाप्त भएको हुनाले संजीब मानन्धरलाई अर्को ब्यवस्था नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको आज (साउन १७ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले संजीब मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*